संचय कोषवालाको डिम्याट खातामा रसुवागढीको शेयर आउँदा किन रोकियो सान्जेंन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 11:30:17 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार देखि नेपाल स्टक एक्चेन्ज नेप्सेमा रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीको शेयर कारोबार सुरु भएको छ ।  रसुवागढीको RHPL  र सान्जेनको SJCL संकेतमा कारोबार सुरु भएको हो।

आजबाट सर्वसाधारणहरु तर्फको शेयर मात्र बिक्रि गरेका हुन् । संचयकर्ता, कम्पनीको ऋणदाता कम्पनीका कर्मचारी र कम्पनीको कर्मचारीको शेयरको लकिंङ समय मै रहेकोले उनीहरुले शेयर बिक्रि गर्न पाउने छैनन् । उनीहरुको शेयर बाँडफांड भएको मितिले ३ बर्षसम्म लकिंङ  पिरियड मै रहन्छ । त्यस समयसम्म उनीहरुले शेयर बिक्रि गर्न पाउदैनन ।

शेयर बिक्रि गर्न नपाउने भएपनि रसुवागढीको शेयर भने डिम्याट खातामा आएको छ । तर सान्जेनको शेयर अझै खातामा आएको छैन । सिडीएसका अनुसार रसुवागढीले लकिंङमा रहेको शेयर पनि डिम्याटमा पठाउने निर्णय गरेकोले खातामा पठाईएको हो । खातामा यी शेयर 'लक इन ब्यालेन्स'मा गएर बसेको छ । तर सान्जेनले भने लकिंङमा रहेको शेयर डिम्याटमा नपठाउने निर्णय गरेको छ । सोहि कारण सान्जेको शेयर नपठाईएको सिडीएसले जनाएको छ ।  लकिंङमा रहेको शेयर पठाउने वा नपठाउने निर्णय कम्पनी स्वयं कै भएको सिडीएसले प्रष्ट पारेको छ । 

कारोबार सुरु भए लगत्तै दुवै कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म रसुवागढीको शेयर मूल्य २६३ रहेको छ भने सान्जेनको मूल्य २६१ रहेको छ । दुवै कम्पनीमा खरिद कर्ता देखिएका छैनन् भने बिक्रिकर्ता उच्च छन् ।

हेर्नुस मार्केट डेप्थ  । 

  पहिलो कारोबारको लागि रसुवागढीको सुरुवाती रेन्ज ९७.२९ देखि २९१.८७ रुपैयाँसम्म र सान्जेंको सुरुवाती रेन्ज ९६.३२ देखि २८८.९६ रुपैयाँसम्म तोकिएको थियो  । नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणा सम्मको सुरुवाती मूल्य तोक्ने गरेको छ  । 

 दुवै कम्पनीको शेयर सोमबार नेप्सेमा सुचिकृत भएको थियो। रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता र सान्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको हो ।

यी दुवै कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीका सहायक कम्पनी हुन् । दुवै कम्पनीले एक साथ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई शेयर निष्काशन गरेका थिए । 

यो पनि : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved