प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 11:47:20 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ लाख ९० हजार ७०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी उक्त परिमाणको शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने कम्पनीेले बताएको छ ।

 सनराईज होल्डिङ्ग प्रालिको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved