बिजपाटी सम्बाददाता     Apr 08, 2020 | 07:01:07 PM


tansen

एनएलजी इन्स्योरेन्स कम्पनी NLG Insurance Company Limited ले परिस्थिति सहज भएपछि हकप्रद बिक्रि बन्दबारेको नयाँ सूचना सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले लगानीकर्ताहरुको हितलाई मध्येनजर गरी परिस्थिती सहज भए पश्चात आवश्यकता हेरी नियमन निकायको स्विकृती लिई उक्त शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला तथा बन्द सम्बन्धी सूचना निकाल्ने जनाएको हो ।

कम्पनीले फागुन २२ गतेदेखि चैत १२ गतेसम्म ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । तर ११ गतेदेखि देशमा लकडाउन लागु भएकोले कम्पनीले म्याद हकप्रद भर्ने म्याद थपेको थियो । तर लकडाउन अवधि बढेपछि कम्पनीले परिस्थिती सहज भए पश्चात आवश्यकता हेरी थप निर्णय गरिने जनाएको हो । 

अहिलेको विषम परिस्थतिलाई लिएर नेपाल सरकारकोे आव्हानलाई मध्य नजर गर्दै कम्पनीले प्रकाशित गरेको विवरणको दफ ‘र’ मा भएको व्यवस्था अनुसार यो निर्णय गरेको कम्पनीले जनाएको छ।  कम्पनीले कुल ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन विक्री खुला गरेको हो । 

माघ २६ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । कम्पनीको हकप्रदलाई नेपाल धितोपत्र बोर्डले पुस २९ गते स्वीकृति दिएको थियो । पूँजीवृद्धि अभियान स्वरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

कम्पनीको विक्रीको प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट मेरो सेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ दिएको गरेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका