२४ बर्षपछी विश्वकपमा स्विडेनलाई सफलता, स्विट्जरल्यान्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 03, 2018 | 10:41:46 PM मा प्रकाशित

laxmi  sunrise bank

स्विडेन स्विट्जरल्यान्डलाई हराउदै विश्वकप २०१८ को क्वाटरफाइनलमा पुगेको छ। रसियाको सेन्ट पटर्सबर्ग रंगशालामामा भएको प्रि क्वाटरफाइनलको खेलमा स्विडेनले स्विट्जरल्यान्डलाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो। 

स्विडेनका एमिल फोर्सबर्गले खेलको ६६ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २४ बर्षपछि विश्वकप क्वाटरफाइनलमा पुर्याएका छन। स्विडेनले सन १९९४ यता विश्वकपको अन्तिम ८ मा स्थान बनाउन सकेको थिएन। 

दुवै टिमले आक्रामक प्रदशन गरेपनि खेलमा १ गोल भन्दा बढी हुन सकेन। दुवै टिमले गोलको सुन्दर अवसर सृजना गरेपनि गोल भने हुन सकेन। आजको खेलमा स्विडेनले १२ पटक गोल प्रयास गर्यो भने स्विट्जरल्यान्डले १८ पटक गोल प्रयास गर्यो। यस खेलमा स्विडेनले तीन र स्विट्जरल्यान्डले ११ पटक कर्नरको अवसर पाए।

पुरै खेलमा स्विट्जरल्यान्डका दुई खेलाडीले पहेलो कार्ड पाए भने खेलको अन्तिम समयमा स्विट्जरल्यान्डका माइकल रान्गले रातो कार्ड पाए। त्यस्तै स्विडेनका एक खेलाडीले पहेलो कार्ड पाए। जितसंगै स्विडेनले क्वाटरफाइनलमामा कोलोम्बिया र इंग्ल्याण्डबीचको बिजेतासंग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved