धिक्कार छ !!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2016 | 01:28:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बाबुलाल भण्डारी यो कथा हो बेवफाइको,धोका र अविश्वासको ।यहि बेवफाईमा पर्दा एउटा राजाले राजपाट मात्र होइन सांसारिक माया-मोह छोडेर सन्यासी भई हिंडे ।

राजा भर्तृहरी इसा पूर्व पहीलो शताव्दीमा उज्जैनका राजा थिए, बडो धीर,वीर र न्यायप्रेमी । उनकी असाध्य रूपवती रानी थिईन् जसलाई राजाले दिलोज्यानले माया गर्थे । एक पत्नीव्रता भन्दा हुने। एक दिन कुनै योगीले उनलाई एउटा दिव्य फल उपहार चढायो ।यो खाएपछि चिरन्जिवी या अमर भईन्थ्यो । 

राजा आफ्नी रानी प्रती यति समर्पित र आशक्त कि उनलाइ आफ्नो भन्दा रानीको जीवन मूल्यवान लाग्यो । उनले यो फल रानीलाइ दिए । तर रानी राजासंग नभएर दरबारकै अन्य कुनै कारिन्दा युवकको प्रेममा अन्धी थिईन् । त्यसैले उनले आफूले नखाएर यो फल उसैलाई दिईन् । उता त्यही युवक फेरि दरबारकै अन्य कुनै सुसारे केटीको प्रेममा लट्टु रहेछ । तर उसले प्रेम गर्ने केटीले भने राजालाई चाहने रैछ,एकतर्फा । आफूले फल पाएपछि सुसारेले सो फल राजालाई नै टक्र्याउन ल्याइ ।

अचम्मको स्थिती बन्यो । अर्थात, राजाले रानीलाई, रानीले नोकरलाई , नोकरले सुसारेलाई र सुसारेले पून राजालाई गर्दै सम्बन्धको शृंखला वा चक्र पूरा गरेर आफूले दिएकै फल फेरि राजाकै हातमा आईपुग्यो । यस घटनाले राजाको दील टुट्यो, सारा विश्वास हल्लिए र सांसारिक माया केवल भ्रम रहेछ भन्ने अनुभूती भयो । 

यहि चोट र वैराग्यले उनलाई जोगी र ठूलो कवि समेत बनायो र वैराग्य शतक,शृंगार शतक र नीति शतकको रचना हुन पुग्यो । यस श्लोकमा उनले आफ्नो गहन वैराग्यलाई यसरी पोखेकाछन् ।

यां चिन्तयामि सततं मयि सा विरक्ता ।
साप्यन्नमिच्छति जनं स जनोन्यसक्त ।।
अस्मत्कृते च परिशुष्यति काचिदन्या ।
धिक्तां च तं च मदनं च इमां च मां च ।।

(रानी जसको म हर्दम चिन्तन गर्थे, म संग विरक्त छन् । रानीले चाहने पुरुषले उनलाई भन्दा अर्कै केटीलाई बढता प्रेम गर्छ । त्यही केटी फेरि म प्रती एकोहोरो हुरुक्क छे ।हामी कसैले अमरत्वको फल खान सकेनौं । म आफैलाई धिक्कार छ र धिक्कार छ रानीलाइ,उनको नाठोलाई , उसले प्रेम गर्ने सुसारेलाई र स्वयम् प्रेमका देउता कामदेवलाई)

अचेल त्यस्तो फल र फल ल्याउने योगी भेटिन्नन् । खुसी यसैमा छ । नत्र धेरैतिर पो संकट।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved