देश गरिब बैंक मात्रै धनि किन ? ब्याजदरलाई दुई अंकमा जान दिनु हुदैन: डा. भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 04:29:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले आफैलाई न्याय गर्न नसकेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटले पनि विकासमा फड्को मार्ने संकेत नदेखिएको भन्दै विज्ञ अर्थमन्त्रीले आफ्नो विज्ञता अनुसारको बजेट ल्याउन संकेत नदेखिएको बताएका हुन् । उनले मुलुकको विकासको लागि पहिले तराई र शहरको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । तराईमा उर्भर भुमि, औद्योगिक वातावराण तथा बैदेशिक ब्यापारको लागि उपयूक्त रहेकोले बजेट विनियोजन गर्दा तराईलाई प्राथीकताा राख्नुपर्ने उल्लेख गरे । उपयूक्त वातावरणको साथै तराईको लागानीले छिटो प्रतिफल दिने पनि उनको भनाई थियो । 

अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथिमकिता माथि आइतबार संसदमा धारणा राख्दै भट्टराईले गाउँ र शहरमध्ये बजेटले शहरमा नै बढी जोड दिनुपर्ने उनको उल्लेख गरे । लगानी गर्दा धेरै प्रतिफल आउने ठाउँमा लगानी गर्न सके त्यसले विकासमा सघाउने उनले उल्लेख गरे । आर्थिक वर्ष २०७६ ७७ को बजेट पनि अघिल्लो वर्षको निरन्तरता नै हुने देखिएको भट्टराईले उल्लेख गरे । खतिवडाले आफ्नो विज्ञता अनुसारको बजेट बनाउने छाँट नदेखिएको भन्दै बजेटको प्राथकिताको क्षेत्र उत्पादकत्वलाई ध्यानमा राखेर बनाउन सुझाव दिए । 

आर्थिक विकासलाई उच्च गतिमा अगाडी बढाउन ब्याजदरलाई एकल अंकका ल्याउनुपर्ने पनि उल्लेख गरे । अहिलेको समयमा दोहोरो अंकमा बैंकको ब्याजदर जान नदिने हो भने मात्र औद्योगिक विकास सम्भव रहेको भट्टराईको भनाई थियो । बैंक धनी र देश गरिब हुन मुलुक र अर्थतन्त्रको लागि राम्रो नहुने भट्टराईको धारण थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved