FLASH NEWS: माओवादी सरकारबाट बाहिरियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2017 | 10:54:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता साझेदार माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ।  अध्यक्ष प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीले यस्तो निणर्य लिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लघंन गर्दै गएको शनिबार मात्रै कमल थापा नेतृत्वको राप्रपाबाट ८ जनालाई मन्त्रीमा नियुक्त गरेपछि माओवादीले सरकार छाड्ने निर्णय गरेको हो।     

जेठमा माओवादीको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए । देउवा सरकारमा माओवादीबाट ९ जना मन्त्री र ८ जना राज्यमन्त्री थिए ।जसमा कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र जनार्दन शर्मा गृह, आशा कोइराला समाज कल्याण, शिबकुमार मण्डल आपूर्ती, महेन्द्रबहादुर शाही उर्जा, टेकबहादुर बस्नेत सामान्य, प्रभु साहले शहरी विकास लगायतका मन्त्रालय सम्भालेका थिए। सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved