आज सोमबार मनोनयन दर्ता गराएका उम्मेद्वारको बिरोधमा उजुरी दिन सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 08:45:23 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणमा आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि  ३२ जिल्लामा आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ  । आज सोमबार मनोनयन दर्ता गराएका उम्मेद्वारको बिरोधमा उजुरी दिन सक्ने कार्यतालिका छ । सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेद्वारको बिरोधमा उजुरी दिन सकिने छ  । 

त्यस्तै भोली उजुरीको छानविन गरी निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ  । कार्तिक ६ गते आयोगले उम्मेदवारलाई नाम फिर्ता लिन चाहे समय दिने, र त्यसपश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गर्ने छ  । 

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा मङ्सिर १० मा निर्वाचन हुदैछ  । 


पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजृुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी रहेका छन् । आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved