बिर्तामोड तनावग्रस्त : अनिश्चितकालिन कर्फ्यु आदेश जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 12:24:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् । 

प्रहरी र प्रदर्शनकारीबीच झडप प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । शनिश्चरे रोडबाट निकालिएको ¥याली विर्तामोडको मुक्ति चोक पुगेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थियो । स्थानीयवासी थप आन्दोलित भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । 

भिडले विभिन्न सरकारी कार्यालय तोडफोड गर्न लागेपछि स्थानीय प्रशाशनए अनिश्चितकालिन कर्फ्यु आदेश जारि गरेको छ  । पूर्बमा बसपार्क,पश्चिममा चारपाने,उत्तरमा महानन्द चौक र दक्षिणमा बिर्ताबजारसम्म सिमा कायम राखि ति बिचका ठाउमा कर्फ्यू जारी गरिएको हो।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । 

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved