प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र आइसक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 01:56:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने , “प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ ।” 

शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज यहाँ आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताए । 

उनले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तक्र्रिया, भोजभतेरजस्ता कार्यक्रम राख्न आचारसंहिताले प्रतिबन्ध लगाएको चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयन आयोगले गरिराखेको बताए । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने कुरा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाइसकेका विषय हुन्, अब कार्यान्वयनको खाँचो मात्र रहेको उल्लेख गरे   । 

“अभिभावक, शिक्षक÷शिक्षिकाले आफ्ना बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस, ¥यालीमा जानु हुँदैन, विद्यालयमा यस किसिमका गतिविधि पनि गर्नुहुन्न भन्ने कुरालाई प्रभावकारी रुपमा भन्नुपर्छ”, उनले भने । 

विसं २०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणामा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाएका थिए । ११ बुँदे अपिलमा विद्यालय परिसरभित्र तथा पठनपाठनलाई असर पर्ने गरी विद्यालय आसपासमा राजनीतिक गतिविधि नगरौँ, विद्यालय उमेर समूहका बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस तथा ¥यालीमा स्वयंसेवकका रुपमा प्रयोग नगरौँ, विद्यालय हाताभित्र हातहतियार प्रदर्शन गर्न, भण्डारण गर्न पूर्णरुपमा निषेध गरौँ, विद्यालयको स्रोत साधन राजनीतिक दलका लागि प्रयोग नगरौँलगायत छन् । 

ती प्रतिबद्धतापत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved