‘क्लिन फिड’ नीति लागू हुन्छः संचारमन्त्री

रिजालको नेतृत्वमा नयाँ कार्य समिति
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 06:30:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू हुने बताएका छन। नेपाल विज्ञापन संघको १८ औँ वार्षिक साधारण सभाको आज काठमाडौमा उद्घाटन गर्दै उनले सबैसंग छलफल गरेर यो नीति लागू गर्ने प्रतिबद्धता जनाए। 

गत साउन १ देखिनै लागू गर्ने बि भनिए पनि तयारी नपुगेको भन्दै सरकारले क्लिन फिड नीति लागू गर्न ढिलाई गरेको थियो। यो नीति लागू भएपछि विदेशी च्यानल विज्ञापनरहित हेर्न पाइनेछ। 

यो नीति लागू भएपछी नेपालको बिज्ञापन व्यवसाय उद्योग दोब्बरले बढ्ने नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले बताए। श्रेष्ठका अनुसार अहिले ६ अर्बको विज्ञापन व्यवसाय रहेको तथ्य प्रस्तुत गरे।   

विज्ञापन संघका संस्थापक अध्यक्ष वंशिधर पौडेलले राष्ट्रिय विज्ञापन नीति तयार भएपनि अहिलेसम्म लागू नहुनु दुःखद भएको टिप्पणी गरे।सिएनआईका अध्यक्ष हरिभक्त शर्माले श्रृजनात्मक क्षेत्र विज्ञापन एजेन्सी भएकाले यसको विकास र विस्तारमा सधै हातेमालो गर्न तयार रहेको बताए।

रिजालको नेतृत्वमा नयाँ कार्य समिति

आनको नयाँ अध्यक्षमा की एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल ‘शशी’ सर्व सम्मत रुपमा चयन भएका छन्। अध्यक्षको  उम्मेदवारी दर्तामा अन्य कसैको उम्मेदवारी नपरेपछि उनि सर्व सम्मत चयन भएका हुन। उनको कार्यकाल ३ वर्षको हुनेछ।

Image may contain: 19 people, people smiling, people standing

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved