प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै हुँदैन् : डा. थापा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 02, 2018 | 03:18:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व राजदुत डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने स्पष्ट पारेका छन् । 

नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक समेत रहेका थापाले वर्तमान सरकारको प्राथमिकता राष्ट्रियतालाई बलियो बनाउने भएको भन्दै राष्ट्रियता कमजोर हुनेगरी कुनै विषयमा छलफल नहुने बताए । 

थापाले भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पार्दै यसअघि भएका सम्झौता कार्यान्यवन र आर्थिक समृद्धि हाँसिल गर्ने विषयमा केन्द्रित रहेर कुरा हुने बताए । ‘अबको एजेण्डा भनेको आर्थिक समृद्धि नै हो, राष्ट्रियताको संरक्षण गर्दै हामी अघि बढ्न सक्नुपर्छ’–उनले थपे । भारतसँग १८ वर्षअघि पञ्चेश्वर आयोजनामा हस्ताक्षर भएपनि अहिलेसम्म त्यो अगाडि नबढ्नु दुःखद भएको उनको गुनासो छ । उनले भारतसँगको व्यापार घाटा कम गर्न नेपालले उत्पादन बढाउनुपर्ने बताए ।  

प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा विश्स्त रहेको भन्दै थापाले भारतसँग भएको १९५० को सन्धिबारे अहिलेसम्म गहिरिएर र करेक्सन गर्नेबारे गृहकार्य नभएको तर अहिले यो विषयले हाई–लेभलमा प्रवेश पाएकोले यसलाई समसामयिक बनाउन र विगतमा भएका तित्तता कम गर्नेगरि आफूहरुले गृहकार्य गरिरहेको बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved