खुला रुट परमिटविरुद्ध आन्दोलन गर्ने यातायात व्यवसायीको घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 05:49:21 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय यातायात व्यवसायी महासंघले खुला रुट परमिटविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । यातायात व्यवस्थापन निर्देशिका अब्यवस्थित तवरले संशोधन गरिएको भन्दै  महासंघले विरोध जनाएको छ । 

यातायात व्यवस्था विभागले गरेको यातायात व्यवस्थापन निर्देशिका संशोधनको विषयमा छलफल गर्न सोमबार बसेको महासंघको केन्द्रीय परिषद बैठकले देशैभरबाट विरोध गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले विभागले आफूहरुसँग कुनै छलफल नै नगरी एकपक्षीय रुपमा यातायात व्यवस्थापन कार्यविधि संशोधन गर्नु र आफूहरुले सञ्चार माध्यमबाट थाहा पाउनु दुखद भएको बताए । महासंघले आन्दोलनको घोषणा गरेपनि आफ्ना माग भने स्पष्ट पारेको छैन । 

मयुर यातायातले चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा गाडी सञ्चालनमा ल्याएपछि यातायात व्यवसायीहरु आक्रोशित बनेका छन् । व्यवसायीले यही चैत्र १८ गते मयुर यातायातको विरोध गर्दै काठमाडौँ भक्तपुर बनेपा रुटमा चक्काजाम गरेपछि यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै कुनै पनि रुट परमिट प्राप्त गर्न सम्बन्धित राजमार्गका यातायात समितिबाट स्वीकृति लिनु पर्ने वाध्यता हटाएको छ । सवारी साधनमा रुट, नवीकरण र हेरफेर गर्दा अनिवार्य पञ्जीकरण गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको छ । 

यो व्यवस्थासँगै मुलुकभर रुट परमिट लिन चाहने व्यवसायीको लागि बाटो खुलेको छ । यसबाट व्यवसायीको सिन्डिकेट हट्ने विभागको भनाइ छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved