अन्तराष्ट्रिय औद्योगीक व्यपार मेला तथा घरेलु उद्योग महोत्सव सुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 27, 2018 | 05:50:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा १४ औं अन्तराष्ट्रिय औद्योगीक व्यपार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ  । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको महोत्सवको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका हुन्   । बैशाख १८ गतेसम्म चल्ने महोत्सवमा सार्क राष्ट्रहरु भारत,बंगलादेश, नेपाल,तथा मित्र राष्ट्र चीनले पनि सहभागी नजाएको छ । 

मिहिनेत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको,नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं भन्ने नाराका साथ सुरुभएको यस मेलामा १८७ वटा स्टलहरु राखिएको छ । देशभरीका लघु,घरेलु तथा साना र राष्टिय उद्योगका औद्योगिक उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । नेपाली उत्पादनलाई अन्तराष्टिय बजारसम्म पु्र्याउने र अन्य देशमा भएका सीपलाई नेपाल भित्रयाउने उदेश्यले यो महोत्सव आयनेजना गरीएको संस्थाका अध्यक्ष श्याम प्रसाद गीरीले बताए । साथै घरेलु तथा साना उद्योगका उत्पादनहरुको बजारको आकार खुम्चिदै गएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन तथा निर्यात बृद्धि गर्न पनि यो मेलाले ठुलो भूमिका खेल्ने उनको दावी रहेको छ । 

प्रविधिलाई उद्योगसंग जोडेर उत्पादनमा बृद्धि गर्ने साथै स्वदेशी उत्पादनलाई प्रतिष्ठित र मर्यादित बनाउनको निमित्त नेपाल घरेलु तथा साना उद्योग महासंघले यस महोत्सवको आयोजना गरेको हो  । महोत्सवमा ७ करोडको हाराहारीमा कारोवार हुने र २ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

मेला उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले स्वदेशी उत्पादनलाई उपभोग गर्ने बानी गराएमा साना तथा घरेलु उद्योग फष्टाउन सक्ने भएको हुँदा उपभोगमा जोड दिन सरकारी स्तरबाटै पहल गरिनु पर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved