उर्जा र सिचाई आर्थिक समद्धिको मेरुदण्ड : मन्त्री पुन, उर्जा बैंक स्थापना गर्न चेम्बरको सुझाव

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2018 | 05:45:51 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपालको आर्थिक समद्धिको लागि उर्जा र सिचाई नै मेरुदण्ड हुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले बिहीबार राजधानीमा आयोजना गरेको “उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु” बिषयक कार्यक्रममा मन्त्री पुनले यतिबेलाको जस्तो स्थायित्व र अधिकार जनताबाट यसअघि प्राप्त नभएको उर्जा र सिचाईको बिकास गरी अहिलेको सयमलाई सुनौलो युगमा परिवर्तन गर्न सकिने बताए । बिगतका उर्जामन्त्रीहरुले भने जस्तो “बिपक्षीले काम गर्न दिइएन” भन्ने छुट आफूलाई नरहेको भन्दै उनले उर्जा क्षेत्रमा आत्मनिर्भरता हाँशिल गर्ने अभियानमा निजी क्षेत्रलाई साथ दिन आग्रह गरे । देश उर्जामा मात्रै आत्मनिर्भर भयो भने देशको करिब एक खर्ब ब्यापार घाटा कम हुने र त्यसको सकारात्मक प्रभाव सबै क्षेत्रमा पर्दै राष्ट्रको ९.२५ को आर्थिक बृद्धि हाँशिल गर्ने महत्वाकांक्षा पुरा हुने उनको भनाई छ । 

कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उर्जा मन्त्रीले सार्वजनिक गरेका स्वेतपत्रमा उल्लेख गरिएका कुराहरु पुरा गर्न निश्चित समय सिमा तोकेर अघि बढ्नुपर्ने बताए । बंगलादेश, भारत, नेपाल नामक फोरमको अत्यधिक सदुपयोग गरी नेपालको उर्जा विकास र निर्यातमा देशले फड्को मार्न सकिने श्रेष्ठको विश्वास छ । उनले मन्त्री पुनलाई भारत र नेपालको उर्जा आवश्यकता र संकटलाई ध्यानमा राखेर उर्जा बैंकको स्थापना गर्न समेत सुझाव दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved