३ नं. प्रदेशसभा बैठकमा बजेट विनियोजन सम्बन्धी प्रस्ताव

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2018 | 02:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले २०७५÷७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव टेबुल गरेका छन् । आज प्रस्ताव भएको बजेटको सैद्धान्तिक पक्षमा जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरी सदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ । 

आजै बसेको पहिलो प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधान बमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिए । प्रदेश प्रमुख कोइरालाले प्रमाणित गरेका विधेयकमा प्रदेशसभामा सञ्चित रहेको कोष सम्बन्धी खर्च गर्न बनेको विधेयक र स्थानीय तहका जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । आजै बसेको दोस्रो प्रदेशसभाको बैठकले प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनमा शोक व्यक्त गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved