यातायात व्यवसायीको सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईलाई हटाउने मन्त्रीको तयारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 19, 2018 | 10:27:26 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागका माहानिर्देशक रूपनारायण भट्टराईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले मन्त्रालय तान्न लागेको छन। यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईसँग रुष्ट भएका मन्त्री महासेठले उनलाई मन्त्रालय तान्न लागेका हुन। 

मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका छैनन। भट्टराईलाई मन्त्रालय निर्णय भएपनि बिभागमा चिट्ठी नपुगेको बताइएको छ।

मन्त्रि महासेठले भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेपनि मन्त्रीको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्रीसँगै समन्वय गर्नुपर्ने सचिबको जवाफ आएपछी महानिर्देशकलाई मन्त्रालय तानिएको पत्र नगएको बताइएको छ। 

गत चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधनसहित  अरू नौ वटा नयाँ कार्यविधि ल्याएर यातायात क्षेत्रको सुधारमा सक्रिय भएका भट्टराइलाई अचानक मन्त्रालयमा तान्ने मन्त्रि महासेठको निर्णयको आलोचना भएको छ। सुरूवातमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई पूर्ण साथ दिए पनि मन्त्री महासेठ भने उनीसँग ससंकित थिए।

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि ल्याएसँगै यातायात व्यवसायीहरू उक्त कार्यविधि खारेज गर्ने र भट्टराईलाई हटाउने पहलका लागि मन्त्रीलाई गुहारिरहेका थिए। यातायात व्यवसायीहरुले भट्टराईलाई इंकित गर्दै उनले बनाएको कार्यविधि नमान्ने बताउदै आएका छन।

सिन्डिकेट अन्त्यका लागि संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएका यातायात समिति आगामी आर्थिक वर्षदेखि नविकरण तथा नयाँ दर्ता नगर्ने निर्णय भइसकेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved