सरकारले पुर्व-पश्चिम राजमार्ग भन्दा पनि लामो राजमार्ग बनाउने, यी शहर जोड्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 10:01:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पुर्व पश्चिम राजमार्ग भन्दा पनि लामो राजमार्ग बनाउने निर्णय गरेको छ  । आइतबार बेलुका बसेको मन्त्रीपरिषदको बैठकले झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्म करिब १२ सय किमी सडक बनाउने प्रस्ताव स्वीकृत गरेको हो  । सूचना तथा संचार राज्य मन्त्री तथा सरकारका प्रबक्ता गोकुल बास्कोटाले भौतिक तथा यातायात मन्त्रालयको उक्त प्रस्ताव पारित गरिएको बताए  । साथै उनले राजमार्गको नाम मदन भण्डारी राजमार्ग रहने जानकारी दिए  ।

यस राजमार्गको लक्ष्य चुरे तथा भित्रि मधेशको उपत्यका जोड्नु रहेको छ  ।

यस राजमार्ग झापाको शान्तिनगरबाट सुरु भई धरान , चतरा , गाईघाट, कटारी, सिन्धुलीमाडी, हेटौडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान मच्छि, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बटीचौर, सिमचौर, बिपी नगर, सोहनपुर, जोगबूढा हुदै रुपाल पुगेर टुंगिने छ  । 

हाल महेन्द्र राजमार्ग समेत भनेर चिनिने पुर्वपश्चिम राजमार्ग नेपालको सबै भन्दा लामो राजमार्ग हो  । यसको लम्बाई १ हजार ३० किमी छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved