बजेटले बढाउने भयो यी सामग्रीको मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 05:19:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले   स्वास्थ्यका लागि हानिकारक बस्तुको अन्तशुल्क बढाएको छ  । अर्थमन्त्री युवराज खतिवडाले मदिरा, चुरोट, शुर्तीजन्य पदार्थ लगायतका स्वास्थ्यका लागि हानिकारक बस्तुको अन्तशुल्क बढाएको घोषणा गरेका छन्। त्यस्तै कोका मिश्रित चकलेट, परफ्युम, खेलौना, रिफ्रीजीरेटर, जस्ता बस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्तशुल्क वृद्धि भएको छ । यसबाट यी सबै बस्तु महँगो हुने भएको छ । 

त्यस्तै आजकै मितिदेखि चुरोटको उत्पादन र पैठारीमा प्रति खिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम दर लाग्ने भएको छ । 

संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले एक हजार सिसी भन्दा धेरै इन्जिन क्षमताको चारपांग्रे र १ सय ५० सिसी भन्दा धेरै इन्जिन क्षमताको दुई पांग्रे सवारीसाधनमा अन्तशुल्क बढाइने घोषणा गरेका छन्।

यस संगै ति सवारी साधनको मूल्य बढ्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved