स्कुटरलाई ठक्कर दिने ट्रिपर यसरी जलाइयो

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 13, 2018 | 01:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको जडिबुटीमा बालुवा बोकेर कोटेश्वर तिर हिडिरहेको ट्रिपरलेस्कुटरलाई ठक्कर दिएपछि प्रत्यक्षदर्शीले ट्रिपर जलाइदिएका छन् । 

जडिबुटी कोटेश्वर तिरै गइरहेको बा ७० प ९३९९ स्कुटरलाई ना ४ ख ३५५८ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित बनेका प्रत्यक्षदर्शीले ट्रिपर जलाईदिएका हुन् । मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी  अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । 

सडकमै आक्रोशित बनेको भिडले ट्रिपर जलाएपछि यातायत सेवा अवरुद्ध भएको थियो । प्रहरीका अनुसार ट्रिपर चालकलाई र ट्रिपरमा लागाईएको आगो नियन्त्रणमा लिएपछि अहिले सवारी सूचारु भएको छ । 

निमार्ण सामाग्री बोक्ने टिपर तथा मिनिट्रक अनियन्त्रित तवरले दौडिदा काठमाडौं सहति विभिन्न राजमार्गमा सडक दुर्घटना बढेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved