भदौ तेस्रो साता फर्निचर तथा फर्निसिङ एक्स्पो

भावना लामा

भावना लामा

Jul 08, 2018 | 05:44:01 PM मा प्रकाशित

laxmi  sunrise bank

‘फर्निचर तथा फर्निसिङ एक्स्पो’फर्नेक्स आगामी भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोकोआयोजक संस्था नेपाल फर्निचर्स तथा फर्निसिङ संघले जानकारी दिएको हो ।

एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने संघले जनाएको छ ।बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्ने बताइएको छ । 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटो अघि बढेको बताए ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको छैठौं संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने फर्नेक्स–२०१८ का संयोजक शुभेन्द्र जोशी को भनाई छ ।

एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको छैठौं संस्करण आयोजना हुन लागेको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ ।

५ दिनसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

नेपालमा वर्षेनी फर्निचर तथा फर्निसिङका उत्पादनहरुको ३० अर्ब रुपैंया बराबरको कारोबार हुने गरेको आँकलन छ ।
एक्स्पो अवलोकनका लागी सर्वसाधारणको लागी जनही ५० रुपैयाँको दस्तुर लाग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved