प्रदेश ३ को राजधानी काभ्रे माग गर्दै काठमाडौँमा प्रदर्शन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 08:21:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं. ३ को नाम नेवा–ताम्सालिङ र स्थायी राजधानी काभ्रे राख्न माग गर्दै आज काठमाडौँमा प्रर्दशन भएको छ । आइतबार नेवा–ताम्सालिङ समन्वय समितिको अगुवाइमा माइतीघर मण्डलमा सो प्रदर्शन भएको हो । प्रदेश नं ३ नेवा र तामाङको थातथलो तथा बाहुल्यता रहेकाले सोही अनुसार नामकरण हुनुपर्ने माग राख्दै समितिले शान्तिपूर्ण प्रदर्शन गरेको हो । 

यसबाट द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने विश्वास समितिको छ । प्रशासनिक सुगमता, जनताको सहज पहुँच, केन्द्रीय राजधानीको सामिप्यता, भौतिक पूर्वाधारको अवस्था, पूर्व–पश्चिम तथा उत्तर–दक्षिण सडक राजमार्गसँगको सम्बन्ध र विकासको सम्भाव्यताका आधारमा प्रदेश नं. ३ को राजधानी धुलिखेल, बनेपा र पनैती नगरपालिकालाई मिलाएर काभ्रेमा राख्न उपयुक्त हुने माग समितिको छ । 

प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका केन्द्रीय सदस्य परशुराम तामाङले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नभए कडा कदम चाल्ने चेतावनी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved