सरकारले तोक्यो चिनीको खुद्रा मूल्य, महँगोमा बेचे कारबाही

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 08:49:21 AM मा प्रकाशित

laxmi  sunrise bank

चाडबाडको मुखमा व्यवसायीले मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले चिनीको खुद्र मूल्य तोकेको छ  । सरकारले खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोक्दै बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने जनाएको छ ।

बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको हो । बैठकले सोहि अनुसार गराउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको छ । बिभागले बजार अनुगमन गर्ने र बढी लिएको पाईए कारवाहि गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालले बताए ।

बिभागले अनुगमनको क्रममा ७५ रुपैयाँमा चिनी बेचेको मंगलबजारस्थित गणेश स्टोरमा सिलबन्दी गरेको छ  । उक्त स्टोरले गोदाममा भेटिएको २७ बोरा चिनीको बिलबीजक देखाउन नसकेको पनि बिभागले जनाएको छ । 

सरकारले आयातमा परिमाणात्मक बन्देज लगाएपछि बजारमा चिनीको मूल्य ह्वात्तै बढेको हो । व्यापारीले एक किलो चिनीको ८५ रुपैयाँसम्म लिन थालेका छन् । मन्त्रिपरिषद्ले वार्षिक करिब एक लाख टन मात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved