कमलादीमा बन्दैछ १०० मिटर अग्लो दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2018 | 08:10:09 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको छ । वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौँको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी जग्गामा करीब रु दुई अर्बको लागतमा बन्ने भएको हो । आगामी तीन वर्षमा निर्माण सम्पन्न हुने योजनासहितको उक्त परियोजनाको आज यहाँ आयोजित कार्यक्रममा शब्ददृश्य परिकल्पना सार्वजनिक गरियो । 

वण्डर्स नेपालका अध्यक्ष इञ्जिनियर आकर्षण पोखरेलले टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने दाबी गरे । सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो । उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ । 

हेर्नुस भिडियो 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved