काठमाडौबाट बर्दिबास हिडेको यात्रुबहाक बस सुनकोशीमा खस्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 12, 2018 | 11:48:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट यात्रुबाहक बस सुनकोशी नदीमा खसेको छ । काठमाडौँबाट बर्दिबास हिडेका बस सुनकोशी नदीमा खसेको हो । 

दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन् । स्थानीय बासिन्दाका अनुसार ७ जनाको शव देखिएपनि कतिको मृत्यु भएको हो भन्ने एकिन भइसकेको छैन । 

गाडी टुक्रा टुक्रा भएर कोशीमा खसेखाले गाडी नम्बर कति हो भन्ने पत्ता लाग्न नसकेको खुर्कोट प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्ने बारे पूर्ण विवरण आउन बाँकी छ ।

यसैबीच नुवाकोटमा पनि बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved