नवलपरासीमा बस पल्टियो, मृत्यु हुनेकाे संख्या ६ पुग्याे (अपडेट)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 10:49:34 AM मा प्रकाशित

laxmi  sunrise bank

महेन्द्रराजमार्ग अन्तर्गत अरुणखोलामा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। दुर्घटनामा ज्यान गुमाउने मध्ये ४ जनाको सनाखत भएको र  दुई जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

ज्यान गुमाउनेमा गुल्मीको हस्ती चउरका ३५ वर्षका तिलक विष्ट, सुनसरीका ३४ वर्षका अबुल अन्सारी, मोरङको सुन्दर हरैचाका ११ वर्षका सोहम कार्की र भारत विहारका ५० वर्षका विद्यानन्द यादव रहेको प्रहरीको भनाई छ।  दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो । 

दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ।सुनसरीको इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलामा दुर्घटना भएको हो।

४० जना यात्रु बोक्ने क्षमताको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ। दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए।दुर्घटनामा घाइते भएकामध्ये केही सामान्य उपचारपछि फर्किएको र केहीको भरतपुर अस्पताल र मनकामना पोलिक्निकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण दुर्घटना भएको घाइते यात्रुले बताएको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved