उखु किसानलाई पैसा नदिने उद्योगी अग्रवाल पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 01:38:20 PM मा प्रकाशित

laxmi  sunrise bank

उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले एक उद्योगीलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको हो । अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक हुन्।

इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ । उनलाई प्रक्राउ गर्न गृह मन्त्रालयले मंगलबार मात्रै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।   काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाका अनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमाअग्रवाललाई प्रक्राउ गरिएको हो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved