प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 02, 2018 | 08:59:15 PM मा प्रकाशित

laxmi  sunrise bank

छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका   प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज सरकारी निवास फर्केका छन।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली कात्तिक १२ गते बिहान ०४ः३० बजे उक्त अस्पतालमा भर्ना थिए। 

प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा फर्किएको र उनले लिएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीको उपचारमा पाँच दिन अघि मुटुरोग विशेषज्ञ डा सायमीसँगै डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved