'राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 03, 2018 | 07:10:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् । 

सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल अब अल्झाएर राख्न नहुने धारणा ब्यक्त गर्दै उनले भने ‘पप्पु एक्लैले प्रस्ताव हालेको होईन, उसले चिनीयाँ कम्पनी मुख्य साझेदार राखेर प्रस्ताव हालेको हो । तर, अहिले पप्पुको नाम अगाडि आएको छ । सार्वजनिक खरिद ऐन र मौजुदा नियमानुसार पप्पुको प्रस्ताव स्विकृत भैसकेको छ । अब उसले नै ठेक्का पाउनुपर्छ । नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् ।’

‘ठेकेदारहरु २० प्रतिशत खराबी छ भने सरकारको ८० प्रतिशत खराबी छ, सरकारको नियम नै खराब छ, सरकार जवाफदेही बन्नुपर्छ, अहिलेको चलन चल्तीअनुसार सरकार चल्नुपर्छ' उनले भने। 

राष्ट्र बैंकको भवन निर्माणको यो ठेक्कामा पप्पुले २ अर्ब ६ करोड रुपैयाँ प्रस्ताव हालेको छ भने अच्युत खरेलको समानान्तरले २ अर्ब ८ करोड रुपैयाँको हालेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved