ट्रेकिङ ब्यवसायका ३ मजदुर संगठनको तालाबन्दी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 26, 2018 | 05:57:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ ब्यवसायीहरुको छाता संस्था ‘ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल’ (टान) मा तीन मजदुर संगठनले तालाबन्दी गरेका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् ।
गत साउनमा तलब, भत्ता, बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानमा सात सुत्रीय माग राखेको र तीन महिना बितिसक्दा समेत टान कार्यसमिति उदासिन भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।
पथ प्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाएको टिम्स रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्नेलगायतका मग राख्दै उनहिरुले अज टानमा तालाबन्दी गरेका हुन् ।
पटक–पटक ध्यानाकर्षण गराउँदासमेत टानले श्रमिकका  मागलाइ ध्यान नदिएको र सरकारले वृद्धि गरेको तलब भत्तासमेत श्रमिकले नपाएपछि तालाबन्दीको विकल्प नभएको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेको भनाई छ ।  अखिल नेपाल पर्यटन मजदुर संघका महासचिव उपेन्द्र उप्रेतीले श्रमिकका जायज मागलाई संयुक्तरुपमा उठान गरिएको र समस्या समाधान नभएसम्म आफूहरुको विरोध यथावत रहने चेतावनी दिए ।
टानका महासचिव आङ पेम्बा शेर्पाले भने आफूहरु व्यवसायीको संगठन भएकाले ज्याला वृद्धि गर्ने निकाय टान नभएको प्रतिक्रिया दिएका छन् । विजपाटीसँग संक्षिप्त कुराकानी गर्दै शेर्पाले मजदुर युनियनलाई पर्यटन विभाग र श्रम विभागमा गएर छलफल गर्न आग्रह गरे । उनले यस विषयमा टानले माथिल्लो निकायमा छलफलको बाताबरण बनाउने तर आफैँले ज्याला वृद्धि गर्न भने नसक्ने प्रष्ट पारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved