नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 06:00:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited को प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको प्रबन्ध निर्देशक पदमा अधिकारीलाई नियुक्त गरेको हो  

अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् । १६ वर्ष अघि टेलिकमको सेवामा प्रवेश गरेको अधिकारी अहिले प्रबन्ध निर्देशकको कार्यालयमा कार्यरत छन्।

यस अघिकी प्रबन्धक निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेर सरकारले खुला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।  सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । यी मध्येबाट अधिकारी नियुक्त भएका हुन। कार्यक्षमता र योजनाका आधारमा उनलाई नियुक्त गरिएको संचार मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved