डाक्टर केसीले सुरु गरे १६ औं अनसन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 05:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औं अनसन सुरु गरेका छन् । आफूसँगको सहमति विपरीत संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा. केसीले इलामबाट १६औं  अनसन सुरू गरेका हुन् । उनले इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा अनसन सुरु गरेका हुन् ।

डा. केसीले अहिले देशमा भइरहेको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

सरकार र सांसदहरुलाई विगतमा भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन जारी गर्न अनुरोध गर्दा पनि त्यस विपरीत समितिले विधेयक संसदमा पठाएकोमा डाक्टर केसीले आपत्ति जनाए ।

यसअघि:

अन्तत: डा केसीको माग बिपरित चिकित्सा विधेयक पारित, कांग्रेसको असहमति कायमै

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved