हावाहुरी पीडीतलाई कांग्रेस सांसदले २ दिन बराबरको तलव दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2019 | 04:59:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बारा र पर्साका हावाहारी प्रभावितलाई २ दिन बराबरको तलव सहयोग गर्ने भएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदबाट दुई दिन बराबरको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए। यस अघि सत्तारुढ दल नेकपाले एक दिब बराबरको तलव सहयोग गर्ने घोषणा गरेको थियो । 

संघीय सांसदको मासिक पारिश्रमिक ५५ हजार २ सय तीन रूपैयाँ छ। यसरी हिसाब गर्दा दैनिक तलब एकजनाको १८४० रूपैयाँ हुन्छ । संघीय सदनमा नेकपाबाट १७४ र कांग्रेसबाट ६३ जना सांसद निर्वाचित भएका थिए ।  

आइतबार राति आएको हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ भने सयौ घाइते भएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved