काठमाण्डौमा युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 11:01:35 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौको कालोपुलमा युवतीमाथि एसिड प्रहार भएको छ। जेबी खड्का नाम गरेकी २० वर्षीय युवतीलाई कोठाबाट बाहिर ल्याएर बुधबार साँझ ७ बजेतिर एक युवकले एसिड प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनकाअनुसार युवतीको अवस्था गम्भीर छ। उनको दुईवटै हात जलेको छ भने गालामा पनि गहिरो घाउ भएको छ। ओम अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ।

घटनाको केहि समय पश्चात प्रहरीले एसिड प्रहार गर्ने विष्णु भुजेललाई भक्तपुरस्थित काँडाघारी चोकबाट पक्राउ गरेको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved