अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 03:22:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश न. ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलन सुरु भएको हो ।

उद्योग, पर्यटन, वन, वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका महत्वपूर्ण बैज्ञानिक विषयहरुमा अन्तराष्ट्रिय वैज्ञानिकहरुका अनुभव साटासाट गर्ने एवम् युवा बैज्ञानिकहरुको अन्तराष्र्टिय नेटवर्क निर्माण गर्ने उद्देश्यले आयोजित सम्मेलनको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । 

नेता नेपालले जलवायु परिवर्तन क्षेत्रमा देखिएको विविधताको वारेमा खोजमुलक अध्ययन गरी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारणले उत्पन्न समस्याको समधान गर्न युवा वैज्ञानिक सम्मेलनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गरे ।  

युवा बैज्ञानिक पयालन रोकि देशभित्रै युवाहरुले अनुसन्धान गर्ने र राज्यले वैज्ञानिक अनुसन्धानको कार्यान्वयन गर्ने वातावरण निर्माण गनुपर्ने उनको भनाई छ । 

सम्मेलनमा सार्क क्षेत्रका नेपाल वाहेकका १७ युवा वैज्ञानिकहरु उपस्थित छन् । साथै सार्क वाहेका जर्मनी, फिनल्याण्ड, चिन र वेलायतबाट पनि युवा वैज्ञानिकहरुको सहभागिता रहेको छ । सम्मेलन बुधबार र बिहिबार सञ्चालन हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved