भारतले नेपाललाई दियो डेढ अर्ब बढी सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 10:20:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारले भुकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाइ रु १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेको छ । नेपालका लागि भारतिय राजदुत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने मन्त्रालयले जनाएको छ । अघिल्लो बर्ष भारतले  पुनर्निर्माणको लागि २ अर्ब १० करोड सहयोग गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved