हावाहुरी गराउने बादलको विकास हुदै, यी स्थानमा सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 01:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मौसम पूर्वानुमान महाशाखाले सोमबार हावाहुरीको सम्भावना रहेको बताएको छ । बिभागका अनुसार सोमबार दिउँसोबाट देशका मध्य तराई लगायतका भू-भागमा मेघ-गर्जन गराउने बादलको प्रणालीको विकाश भईरहेको छ  । यसका कारण हावाहुरी र चट्टयाङ्गको खतरा रहको महाशाखाले जनाएको छ ।

यो प्रणाली उत्तर-पूर्व सरिरहेको र यसले दिउँसो ३ बजेबाट नै चितवनको दक्षिणि भेगमा मेघ-गर्जन सुरू भइसकेको बिभागले जनाएको छ। बिभागले राष्ट्रिय आपतकाल केन्द्र र सम्पूर्णलाई सतर्क रहन आग्रह गरेको छ ।

बिभागले सोमबार बिहान नै दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको बताएको थियो । त्यस्तै बिभागले सोमबार राती  देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोेरै स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved