गुजारातमा आएको समुन्द्री आँधि नेपाल आउने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 12:16:23 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिम भारतको गुजरातमा बज्रिने पूर्वानुमान गरिएको समुद्री आँधी ‘वायु’ ले बाटो फेरेको छ । मौसमविद्हरूका अनुसार सो आँधी अरब सागरतिरै फर्किएको छ । नराम्रो प्रभाव पार्ने अनुमानसहित उक्त आँधीको मार्गमा पर्ने ठानिएका क्षेत्रबाट झन्डै तीन लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । 

तर तटीय क्षेत्रमा बलियो हावाहुरी चलिरहने अधिकारीहरूले बताएका छन् । गुजरात राज्य तथा दमन र दिऊ क्षेत्रलाई अझै उच्च सतर्कतामा राखिएको छ । तटीय क्षेत्रमा आएपछि आँधीको वेग प्रतिघण्टा १७० किलोमिटर जति हुने अनुमान गरिएको थियो ।

रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको थियो भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको थियो । विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको थियो । 

भारतको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जोखिममा पर्न सक्ने क्षेत्रमा विपद् व्यवस्थापन टोलीहरू खटाएको थियो । विपद् व्यवस्थापन शिविरहरू पनि खोलिएका थिए । उक्त आँधी पोरबन्दरनजिकै तटीय क्षेत्रमा बिहीवार बिहान बज्रिने अनुमान गरिएको थियो । 

मौसमविद्को अनुमान विपरित आँधि फर्किएपछि नेपालमा यसले गर्ने प्रधाव पार्न सक्ने भन्दै गरिएको आँकलन पनि फेल खाएको छ ।

यो आँधी सन् १९९८ मा झन्डै दश हजार मानिसको ज्यान लिएको घातक आँधीपछि आएको नराम्रो आँधी हुन सक्ने भय व्यक्त गरिएको थियो । गत मे महिनामा पूर्वी तटीय ओडिशामा आएको आँधी फणीमा परी कम्तीमा ८० जनाको ज्यान गएको थियो । त्यो आँधीको वेग २०० किलोमिटर प्रतिघण्टा थियो ।

(बिबिसी)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved