नेपालको अर्थतन्त्रमा मलेसिया रोजगारी बन्दको प्रभाव, ९ बर्षपछि शोधनान्तर स्थिति घाटामा जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 02:27:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको शोधनान्तर स्थिति ९ बर्षपछि पहिलो पटक वार्षिक रुपमा घाटामा जाने देखिएको छ। गत आर्थिक बर्षको सुरुदेखि नै घाटामा रहेको शोधनान्तर स्थिति ११ महिना सकिदा पनि घाटामा नै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक बर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रबेदनअनुसार जेठ महिनामा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ।   

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ले पनि एक औपचारिक कार्यक्रममा २०६६/६७ पछि पहिलो पटक वार्षिक रुपमा शोधनान्तर स्तिथि   ऋणात्मक हुने संकेत देखिएको बताएका थिए।

नेपालको कुल जिडीपीको तुलनामा ३० प्रतिशत भन्दा माथि योगदान प्रुयाएको बैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्याको प्रभाब नेपालको शोधनान्तर स्तिथिमा देखिएको छ। बैदेशिक रोजगारीको मूल गन्तब्य मध्येको एक मलेसियाको रोजगारी १ बर्ष भन्दा लामो समयदेखि ठप्प रहेकाले त्यसको सिधा असर रेमिट्यान्समा पर्दा नेपालमा भित्रिने बिदेशी मुद्रामा अपेक्षाकृत रुपमा बढ्न सकेको छैन। तर निरन्तर रुपमा बढिरहेको ब्यापार घाटाको कारण नेपालको भुक्तानी सन्तुलन ऋणात्मक देखिएको हो।    

अन्तिम श्रम स्वीकृतिको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अवधिमा ३७.३ प्रतिशतले घटे पनि गत, आर्थिक वर्षको एघार महिनामा  विप्रेषण आप्रवाह (रेमिट्यान्स) १७.५ प्रतिशतले बढेर ७ खर्ब ९९ अर्ब २ करोड पुगेको छ । एद्यपी पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ५.४ प्रतिशतले बढेको छ ।

भुक्तानी सन्तुलन ऋणात्मक हुँदा त्यसको असर बिदेशी मुद्रा संचितिमा परेको छ। आर्थिक वर्षको सुरुमा ११ खर्ब २ अर्ब रहेको बिदेशी विनीयमय संचिति आर्थिक वर्षको ११ महिना सकिदै गर्दा  १० खर्ब ३० अर्ब छ । 

आर्थिक वर्ष २०७५÷७६ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.८ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved