बारा र पर्सामा बाढीको सम्भावना, २ लाख बढीलाई मोबाइलमा एसएमएस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 10:40:19 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार दिउँसो तराईका केहि स्थानमा भारी बर्षा भईरहेको छ मौसम पूर्वानुमान विभागले जनाएको छ । विभागले बारा र पर्सा जिल्लाका धेरै स्थानहरूमा सतर्कता तह भन्दा बढीको बर्षा मापन भएको र थप बर्षा हुने संभावना रहेको जनाएको छ ।

भारी बर्षाका कारण बारा र पर्साका साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने भएकोले बेलुका सम्मै सतर्क रहन बिभागले आग्रह गरेको छ । सतर्कता अपनाउन विभागले त्यस क्षेत्रका २ लाख बढीलाई मोबाइलमा एसएमएस समेत पठाएको छ । टेलिकमको ८५ हजार र एनसेलको १ लाख ४४ हजार बढी मोबाइलमा एसएमएस पठाईएको विभागले जनाएको हो ।

पर्सा, चितवन, बारा, सुनसरी, मोरङ जिल्ला र आसपास पनि भारी बर्षा भईरहेकोले उक्त जिल्लाका साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने विभागले जनाएको छ ।

विभागले आज मंगलबार र भोली बुधबार कन्काई,कमला,बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने, केही शाखा नदीमा बहाव खतरा तह सम्म पुग्न सक्ने, प्रदेश १,२,३ र ५ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेको उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved