विद्युत प्राधिकरण कर्मचारीलाई ७ हजार भत्ता, तलव पनि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 05:19:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले ७ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्राप्त गर्ने भएका छन्। आइतबार आयोजित प्राधिकरणको ३४ औ बार्षिक उत्सवलाई सम्बोधन गर्दै उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले भत्ता वितरण गर्ने घोषणा गरेका हुन् 

प्राधिकरण नाफामा जानुको श्रेय कर्मचारीलाई नै दिदै उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले प्रोत्साहन भत्ता दिइने बताएका हुन्। त्यस्तै मन्त्री पुनले महंगी भत्ता बापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने र निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको बताए 

प्राधिकरणले आर्थिक बर्ष २०७५र७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved