सभा गर्ने रवी लामिछानेको तयारी, रिहा भएपछि गरे यस्तो घोषणा (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 07:22:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहित तिनै जना रिहा भएका छन्  । जिल्ला अदालत चितवनको आदेश अनुसार उनीहरु रिहा भएका हुन्  ।

अदालतले रवीलाई ५ लाख,  युवराज कँडेललाई ३ लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा आदेश दिएको हो । अदालतले आज बयान लिएर थुनछेक बहसपछि यस्तो आदेश दिएको हो । बहसमा सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

रिहा भएपछि रवीले फेसबुक लाइभ गरेका छन्  । हेर्नुस १० मिनेट लामो लाइभ भिडियोमा उनले के भने ? 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved