सरकारले किन बाढ्यो 'चोरबाटो' बाट १२ अधिकारबादीलाई ६० लाख ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 05:22:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चोरबाटोबाट मानव अधिकारीवादी नेताहरुलाई ५९ लाख रकम बाडेको छ। अर्थमन्त्रालयले गृह मन्त्रालय मार्फत उक्त रकम निकासा गरेको हो 

अर्थमन्त्रालयको २०७६ साउनको निकासा तथा रकमान्तर सम्बन्धि विवरणमा मन्त्रिपरिषद्को साउन ६ र साउन १६ गतेको निर्णय अनुसार मानव अधिकारवादी नेता टेकनाथ रिजाल सहित लिस्टमा समाबेश भएका १२ जना व्यक्तिलाई आर्थिक सहायता बमोजिम उक्त रकम उपलब्ध गराईएको उल्लेख रहेको छ ।



तर रोचक के छ भने संचार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णय हेर्दा उक्त निर्णयबारे कहिँ कतै उल्लेख नै छैन । अर्थात अर्थ मन्त्रालयले निर्णय भएको भनिएको मितिमा त्यस सम्बन्धि निर्णय नै नभएको पाईएको हो । ति दिनमा बसेका मन्त्रिपरिषद्को बैठकमा आर्थिक सहायता प्रदान गर्ने विषयमा अन्य निर्णय भएको भने देखिएको छ । तर मानव अधिकारीवादी नेतालाई आर्थिक सहायता प्रदान गर्ने बिषय भने सरकारका प्रबक्ता समेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छैन ।

हेर्नुस निर्णयहरु : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved