जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिन्न भन्न मिल्दैनः मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 07:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने सम्बन्धमा सरकारले एयरलाईन्ससँग छलफल गर्र्नै बाँकी रहेको बताएका छन् । वायु सेवा सञ्चालक संघ नेपालको १९ औँ वार्षिक साधारणसभामा उनले अन्तराष्ट्रिय अभ्यास अनुसार नै ७० वर्ष माथिका नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना ल्याईएको बताए ।

‘७० वर्षमाथिका जेष्ठ नागरिकको जनसख्ंया ३.५ प्रतिशत छ’ मन्त्री भट्टराईले प्रश्न गरे, ‘जम्मा आन्तरिक उडान गर्ने नेपाली यात्रुको संख्या वार्षिक २८ लाख छ । अब भन्नुहोस् यो तालेमल कसरी मिल्छ ?’ भारत, अमेरिका, स्पेन लगायतका देशमा जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिईएको जानकारी गराउँदै उनले नेपालको कुल जसंख्याको ३ प्रतिशत जेष्ठ नागरिक रहेको र ती मध्येपनि हवाई यात्रा गर्ने निकै कम रहेको भन्दै यसलाई असम्भव भनेर एयरलाइन्सका सञ्चालकहरु पन्छिन नमिल्ने बताए । उनले भने, ‘सरकारले प्रस्ताव ल्यायो भनेर समर्थन गर्नुहोस् स्वर्ग जाने बाटो खुल्छ ।’ 

मन्त्री भट्टराईले स्वदेशी लगानीका मेडिकल कलेजले १० प्रतिशत विदेशी लगानीमा मेडिकल कलेजले २० प्रतिशत छात्रवृति दिनुपर्ने प्रावधान रहेको सुनाउँदै सामाजिक उत्तरदायित्व समेत बहन हुनेगरि सरकारको योजनामा साथ दिन एयरलाइन्स सञ्चालकलाई आग्रह गरे । 

मन्त्री भट्टराई २०६७ सालमै सर्वोच्च अदालतले ६० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई यातायात, सडक यातायात लगायत अन्य सार्वजनिक सवारीका साधनमा छुट दिनु भनेर आदेश दिएको जानकारी गराउँदै अदालतको सम्मानका लागि पनि यो योजना लागू गर्नुपर्ने बताए ।

संघका नवनिर्वाचित अध्यक्ष क्याप्टेन रामेश्वर थापाले छुट दिन तयार रहेको जानकारी गराउँदै मोडलमा छलफल गर्न सुझाए ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved