मेलम्चीको बक्यौता अध्ययन गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 04:20:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्चीका भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा खानेपानी मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट भुक्तानी रकम दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा अध्ययन प्रतिवेदन पेश गर्न मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा छ सदस्यीय प्राविधिक समिति गठन भएको हो । 

समितिले सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ । सिएमसी कम्पनीबाट पाउनुपर्ने बाँकी रकम नपाइएको भन्दै श्रमिक र भेण्डरहरुले सरकारसँग माग गरिरहेका छन् । 

पीडित श्रमिकहरुको ज्याला दिने सम्बन्धमा सरकारले सिएमसीले काम लगाएका श्रमिकको बाँकी रकम राहत स्वरुप उपलब्ध गराउने गरी आवश्यक निर्णय तयारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved