पेरुसँगको बराबरीसंगै कोलम्बियाले विश्वकप सम्मको यात्रा तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2017 | 07:00:38 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबल छनौट चरणको खेलमा कोलम्बिया विश्वकपमा छानिन सफल भएको छ ।  दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान अवे मैदानमा भएको खेलमा कोलम्बिया पेरुसँग १–१ को बराबरीमा रोकिएको हो । कोलम्बियाका लागि जेम्स रोड्रिग्वेजले ५६ औं मिनेटमा गोल गरे । यस्तै पेरुका लागि ७४ औं मिनेटमा गुएरिरोले बराबरी गोल फर्काए । बराबरीमा रोकिए पनि दक्षिण अमेरिकी क्षेत्रका १० देशमध्ये चौथो स्थानमा रहँदै कोलम्बियाले विश्वकप सम्मको  यात्रा तय गरेको हो । यो क्षेत्रबाट शीर्ष चारमा रहने टोली सोझै विश्वकपमा छनौट हुन्छन् । कोलम्बिया २७ अंकसहित चौथो स्थानमा रहन सफल भयो । यस्तै २६ अंक भएको पेरुले पाँचौं स्थानमा रहँदै प्ले–अफमा स्थान बनाएको छ । पेरुले विश्वकप छनौटका लागि अब न्युजिल्याण्डसँग दुई लेगको प्ले–अफ खेल्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved