विश्वकप छनौट चरणमा अमेरिका बाहिरिएपछि अमेरिकी फुटबलमा हंगामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 06:53:48 AM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा हुने विश्वकप फुटबलका लागि छनौट चरणमा अमेरिका बाहिरिएपछि विश्वकपका लागि अमेरिकाको यात्रा टुटेको छ । विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग पारजित भएपछि अमेरिका विश्वकपमा छनौट हुन नसकेको हो । 

अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको हो ।यसरी छनौट चरणमा नै बाहिरिनु अमेरिकी फुटबलका लागि अँध्यारो पाटो बन्ने अमेरिकी टिमका पूर्व डिफेन्डर एलेक्सी लालासले बताएका छन् । 

अमेरिकालाई लगातार आठौं पटक विश्वकपको यात्रा तय गर्नका लागि अन्तिम खेल बाँकी हुँदा एक अंक मात्रै चाहिएको थियो । तर छनौट चरणका अघिल्ला ९ खेलमा एक खेल मात्रै जितेको ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएर विश्वकप यात्रा गुमाउनु समग्र अमेरिकी फुटबलका लागि राम्रो नरहेको उनले बताएका छन् ।

अमेरिकी टिमको कमजोरीका कारण छनौट हुन नसकेको उनले आरोप लगाएका छन् । अमेरिकी टिमका मुख्य प्रशिक्षक बु्रस एरिनाले हारको जिम्मेवारी लिएका छन् । तर आफू र टिमले गरेको काम तथा नीतिमा कुनै कमजोरी भने नरहेको उनले दाबी गरेका छन् ।

तर अमेरिकी फुटबलको प्रशासकीय निकायका १७ निर्देशक मध्ये एक डोन्ना इ। शालालाले असफलता स्वीकार्य नरहेको र अब ठूलो परिवर्तनको समय आएको बताएका छन् । एजेन्सी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved