विश्वकपमा छनौट हुने ३१ औं देश बन्यो अष्ट्रेलिया

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 04:01:24 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलिया रुसमा हुने विश्वकप २०१८ फुटबलमा छनौट भएको छ। छनौट चरण अन्तर्गत अस्ट्रेलियाले अन्तर महादेशीय प्ले अफमा होन्डुरसलाई ३-१ ले पराजित गर्दै विश्वकपमा छनौट भएको हो।   

अस्ट्रेलियाले घरेलु मैदानमा होन्डुरसलाई ३ – १ ले पराजित गर्दै रुसको यात्रा तय गरेको हो। अष्ट्रेलियाका लागि मिले जेडिनकले दुई गोल निर्णायक बन्यो। होन्डुरसका म्येनोर फिगुरोले एक आत्मघाती गोल गरेका थिए । यस्तै होन्डुरसका लागि एक सान्त्वना गोल समेत फिगुरोले गरेका थिए ।   

जितसंगै अष्ट्रेलिया विश्वकपमा छनौट हुने ३१ औ राष्ट्र बनेको छ। अन्तर महादेशीय छनोटकै प्ले अफबाट पेरु र न्युजिल्यान्डमध्ये एक टोलि विश्वकपमा पुग्ने छन् ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved