नेपाल ओमनसँग ६ विकेटले पराजित, अंक तालिकामा तेस्रो हुँदा नेपालको अबको यात्रा के हुन्छ ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 09, 2018 | 06:31:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत दोस्रो खेलमा नेपालले पराजय भोगेको छ। ब्याटिङ कम्जोर हुँदा नेपालले आफ्नो महत्त्वपूर्ण दोस्रो  खेलमा ओमनसँग ६ विकेटले पराजित भएको हो।  

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको ओमनले मात्र ४ विकेटको क्षतिमा जित निकाल्न सफल बन्यो। ओमनका लागि अकिब इल्यासले ४६, बैभभ वाटगओन्करले ३७ र जतिन्दर सिंहले २४ रनको योगदान दिए। 

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले पनि १–१ विकेट लिएपनि जित दिलाउन भने सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले बिर्सन लायक प्रदर्शन गर्दै ४६ ओभरमा सबै विकेटको क्षतिमा १३८ रन मात्रै बनायो। नेपालका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा पराजय भोग्न बाध्य भयो। १० रन हुदा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाउन पुग्यो।

नेपालका लागि ओपनर दिलिप नाथले १९ रन मात्र बनाए। त्यस्तै ५३ रन हुदा आरिफ शेख आउट भएपछि दबाबमा खेलेको थियो । कप्तान पारस खड्कालाई १७ रनमा गुमाउँदा नेपाल पुरै दबाबमा आएको थियो । नेपालका लागि शरद भेषवाकरले २२, दिपेन्द्रसिंह ऐरीले २०,  सोमपाल कामीले १७ र रोहित पौडेलले १४ रन जोडेका थिए। नेपाललाई सस्तोमा समेट्न ओमनका लागि कालिमुल्लाहले ४ विकेट लिए।

ओमनलाई पराजित गर्दै शिर्ष दुईमा रहेर विश्वकप छनौटमा प्रवेश गर्ने लक्ष्य बोकेको नेपालको लागि आजको खेल महँगो साबित बनेको छ। ब्याटिङ तर्फको लय बिग्रिदा नेपालले ओमनसंग नमिठो हार बेहोरेको हो। 

विश्वकपमा छनौट हुन नेपालले अबका खेलहरुमा जित निकाल्नुपर्नेछ। दुई खेलमा १ मा जित र एकमा हार बेहोरेको नेपाल समुहमा २ अंक सहित तेस्रो स्थानमा छ। त्यस्तै ओमन समेत १ मा जित र १ मा हारको नतिजा निकालिदै २ अंक सहित चौथो स्थानमा छ। नेपाल र ओमन बाहेक अन्य ४ राष्ट्रले भने मात्र १ खेल खेलेका छन।  

नेपालले अब आइतबार युएईसँग आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपाल, ओमन, युएई, क्यानडा, नामिबिया, केन्या गरि ६ राष्ट्रको सहभागिता रहेको नेपालको लागि यो डिभिजन टु निकै महत्वपूर्ण रहेको छ । शीर्ष दुई स्थानमा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्ने हुँदा पनि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved