अर्जेन्टिनाद्धारा विश्वकप टोलीको घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 01:37:30 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसमा आयोजना हुन लागेको विश्वकप फुटबल २०१८ को लागी अर्जेन्टिनाले आफ्नो टोलीको घोषणा गरेको छ । प्रशिक्षक कोर्खे स्याम्पाओलीले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । 

टिमको गोल रक्षकमा सर्गियो रोमेरो, विलफ्रेडो क्याबालेरो र फ्रान्को आरमानी रहेका छन् । त्यस्तै डिफेण्डरमा अनसाल्डी, ग्यार्बियल मेर्काडो, मार्कोस रोहो,  निकोलस ओटामेन्डी, मार्कोस एकुना, फेडरिको फाजियो र निकोलस ट्यागल्याफिको छन् । त्यस्तै मिडफिल्डरमा एन्गेल डि मारिया,  हाभियर मास्चेरानो, म्याक्सिमिलियानो मेजा, क्रिष्टियन पाभोन, जियोभानी लो सेल्को, म्यानुयल लान्जिनी, लुकास बिग्लिया, एभर बनेगा, र एडुवार्डो स्लाभियो रहेका छन् । टिमको रक्षापंक्ति पाउलो डेबाला, गोन्जालो हिग्वेन, मेसी र अग्युरोले सम्हाल्नेछन् । 

सन् २०१४ को उपविजेता बनेको अर्जेन्टिनाले समूह डी को पहिलो खेल आगामी असार २ गते क्रोएशियाविरुद्ध खेल्नेछ । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा २ पटक विश्वकपको उपाधि जितिसकेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved